आईतवार शपथ लिने तयारीमा रहेका निर्वाचित अमेरिकी सांसदको कोरोनाबाट निधन

काठमाडौं । अमेरिकी तल्लो सदनको सदस्यमा निर्वाचित एक सांसदको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ ।

लुइजियाना राज्यको फिफ्थ डिस्ट्रिक्टबाट हाउस अफ रिप्रिजेनटेटिभ सदस्यमा निर्वाचित भएका ४१ वर्षे लुक लेटलोको हिजो (मंगलवार) निधन भएको हो ।

उनी गएको डिसेम्बर ५ मा भएको रनअफ चुनावमा सांसदमा निर्वाचित भएका थिए । रिपब्लिकन पार्टीबाट निर्वाचित भएका उनी आउँदो आइतवार सांसदको शपथ लिने तयारीमा थिए ।

उनले १८ डिसेम्बरमा आफू कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिएका थिए । त्यसको भोलिपल्ट उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?