अमेरिका पुग्यो कोरोनाको नयाँ स्ट्रेन

काठमाडौं । कोरोना भाइरसको नयाँ प्रकार (स्ट्रेन) अमेरिका पुगेको छ ।

बेलायतमा गत हप्ता पाइएको कोरोनाको नयाँ स्ट्रेन अमेरिका पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । त्यहाँको कोलारेडोको एक अस्पतालमा कोरोनाको नयाँ स्ट्रेन फेला परेको बताइएको छ ।

कोरोना भाइरसको नयाँ स्ट्रेन फेला परेसँगै अमेरिकामा झनै त्रास पैदा भएको छ ।

कोलारेडोका २० वर्षीय युवकमा कोरोनाको नयाँ स्ट्रेन पाइएको हो । उनको कुनै ट्राभल हिस्ट्री नभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?