काठमाडौं । केपी शर्मा ओली पक्षको नेकपाको सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण आज हुँदैछ ।
काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा आज कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम राखिएको हो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आफैं उपस्थित हुने कुरा छ ।
त्यस्तै आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड माधव-नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ ।
संसद विघटनपछि सरकारविरुद्ध आन्दोलन गरिरहेको उक्त समूहले थप रणनीति तय गर्न बुधवार (आज) दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बोलाएको हो ।
आजको बैठकमा उक्त समूहका उपलब्ध सचिवालय सदस्य र स्थायी कमिटीका सदस्यहरुको उपस्थिती रहने स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया