काठमाडौँ– संसद विघटनविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव नेपाल समूहले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
पूर्व निर्धारित कार्यक्रम अनुसार प्रचण्ड नेपाल समूहले काठमाडौंका विभिन्न ठाउँहरुबाट र्याली निकालेका छन् । पूर्वनिधारित कार्यतालिका अनुसार प्रचण्ड नेपाल समूहले काठमाडौं उपत्यकाका विभिन्न ८ ठाउँहरुबाट र्याली गरेर अन्ततः भृकुटीमण्डपमा सभा गर्न लागेको हो ।
यसैक्रममा रत्नपार्क लगायत बानेश्वर, चाबहिल, मैतीदेवी, लैनचौर, बागबजार, घन्टाघर, टेकु, थापाथलीलगायतका ठाउँबाट जुलुस निस्किएको छ । त्यस्तै युवा सङ्घले बागबजार र अनेरास्ववियूले घन्टाघरबाट जुलुस निकालेको छ ।
र्यालीपछि भृकुटीमण्डमा सम्पन्न सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया