केन्द्रको नेकपा विवाद प्रदेशमा पोखिँदै : मुख्यमन्त्री भट्टले गरे मन्त्री बोहरालाई बर्खास्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री भट्टले बोहरालाई संवैधानिक व्यवस्था अनुसार नै पदमुक्त गरेको बताइएको छ ।

बोहरा गएको निर्वाचनमा डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनले २०७४ साल फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए।

नेपकपाभित्र केन्द्रको विवाद प्रदेशहरुमा समेत देखिन थालेको छ । बोहरा केन्द्रमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली समूका हुन । भने मुख्यमन्त्री भट्ट नेकपाको प्रचण्ड-नेपाल समूहका हुन् ।

बोहरा सुदूरपश्चिममा ओली समूहका एक्ला मन्त्री रहेको समेत बताइएको छ ।

केन्द्रको नेकपा विवादका कारण त्यसको प्रत्यक्ष असर प्रदेशमा प्रत्यक्ष परेको छ । यसअघि प्रदेश १ बागमती प्रदेशका मुख्यमन्त्रीहरु क्रमशः शेरधन राई र डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?