पाकिस्तानमा शव बोकेर फर्किएको सेनाको हेलिकप्टर दुर्घटना, पाइलटसहित ४ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानी सेनाको एक हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित ४ जनाको मृत्यु भएको छ ।

यसको जानकारी पाकिस्तानी सेनाले आईतवार दिएको हो ।

हेलिकप्टर भने शनिवार राती दुर्घटना भएको थियो । हिमस्खलनबाट सेनाका एक जवानको मृत्यु भएको र उनको शव उक्त हेलिकप्टर मार्फत् लजाँदै गर्दा दुर्घटना भएको हो ।

शनिवार राती एस्टोर जिल्लाको उत्तरी मिनीमर्ग क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?