बायोएनटेकका सीईओ भन्छन्-‘अझै १० वर्षसम्म कोरोना भाइरस हामीसँग रहन्छ’

काठमाडौं । कोरोना भाइरसको संक्रमण सारा विश्वमा नै तीव्र गतिले बढीरहेको छ ।

यसैबीच फाइजरसँग मिलेर कोरोना भ्याक्सिन बनाएको कम्पनी बायोएनटेकका सीईओ उगर साहिनले कोरोना भाइरसको संक्रमण थोरैमा १० वर्षसम्म हामीसँगै रहने बताएका छन् ।

एक भर्चुअल प्रेस कन्फ्रेन्समा कहिले कोरोना भाइरस सकिन्छ भनेर सोधिएको प्रश्नमा उनले यस्तो बताएका हुन् ।

साहिनले बेलायतमा देखिएको नयाँ स्ट्रेनको कोरोनाविरुद्धको भ्याक्सिन ६ हप्तामा बनिसक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?