बिल गेट्स भन्छन्-‘कोरोनालाई नियन्त्रण गर्न ७० प्रतिशत मानिसलाई भ्याक्सिन लगाउन आवश्यक छ’

काठमाडौं । बिल मेलिण्डा फाउण्डशनका प्रमुख बिल गेट्सले कोरोना भाइरसलाई नियन्त्रण गर्नका लागि विश्वका ७० प्रतिशत मानिसलाई कोरोना भ्याक्सिन लगाउन आवश्यक रहेको बताएका छन् ।

हरेक व्यक्तिलाई दुई डोजको हिसावले १० अर्ब डोजको आवश्यक रहेको उनले बताएका छन् ।

यति धेरै भ्याक्सिनको निर्माण सहज नरहेको उनले बताएका छन् ।

संसारमा भ्याक्सिन बनाउने कम्पनी हरेक वर्ष फरक फरक रोगका करिव ६ अर्ब डोज बनाउँछन् ।

गेट्सले भने, ‘उत्पादन बढाउनको लागि एउटै बाटो छ, दोश्रो श्रोतबाट भ्याक्सिनको लागि बनाउन अर्डर दिइयोस् । भ्याक्सिन बनाउने कम्पनीले दोश्रो भ्याक्सिन बनाउने कम्पनीसँग सहकार्य गर्न सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?