काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २४४ जनालाई कोरोना संक्रमण भएको छ ।
जसमध्ये १०० जना महिला र १४४ जना पुरुष संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै काठमाडौं जिल्लामा मात्रै ३ हजार १५३ सक्रिय केस रहेका छन् भने ९२ हजार ४८ जना कोरोना संक्रमण मुक्त भएका छन् त्यस्तै अहिलेसम्म काठमाडौंमा ४५७ जनाको मृत्यु भएको छ भने ९५ हजार ६५८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै भक्तपुरमा २२७ जना सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ८ हजार ४१४ जना निको भएका छन् । त्यस्तै हालसम्म ९८ जनाको मृत्यु भएको छ भने हालसम्म ८ हजार ७३९ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ललितपुरमा ४९१ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै १४ हजार ३१८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १४३ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । त्यहाँ १४ हजार ९५२ जनालाई कोरोना संक्रमण भएको छ ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८०८ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७३९ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४७ हजार ४०० पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ३८४ रहेको छ ।
अहिलेसम्म नेपालमा १८ लाख ९६ हजार २५० वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ४०० रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया