अभया हत्या प्रकरण : २८ वर्षपछि पादरीलाई दिइयो जन्मकैद

काठमाडौं । सीबीआईको एक विशेष हदालतले केरलकी चर्चित अभया हत्या मामिलामा एक पादरी र ननलाई जन्मकैदको फैसला सुनाएको छ ।

तिरुवनन्तपुरमा सबिीआईको स्पेशल कोर्टका जज सनल कुमारले फादर थोमस कोट्टू र सिस्टर सेफीलाई ५५ लाख तिर्न लगाएका छन् ।

हत्याको मामिलामा केरलमा अहिलेसम्म भएको आपराधिक मामिलाको इतिहासकै सबैभन्दा लामो समयसम्म चलेको केस हो । २८ वर्षपछि अभयाको शव उनको होस्टलस्थित कुवामा फेला परेको थियो ।

विशेष अदालतले मंगलवार ६९ वर्षका पादरी फादर कोट्टूर ५५ वर्षकी नन सिस्टर सेफीलाई दोषी ठहर गरेको थियो ।

अदालतले दुबैलाई हत्याका साथै प्रमाण मेटाएकोमा पनि दोषी ठहर गरेको छ । साथै कोट्टूरलाई अपराधिक प्लान बनाएकोमा पनि दोषी ठहर गरेको छ ।

के हो पूरा मामिला ?

घटना २६ मार्च १९९२ को रातको हो । १९ वर्षकी की प्री डिग्री स्टूडेण्ट अभया कोट्टायममा रहेको पिउस टेन्थ कन्भेन्टको होस्टलमा बस्थिन् । यो होस्टल कनन्या क्याथलिक चर्चले चलाउँथ्यो ।

परीक्षाको तयारीका लागि बिहान चाँडै उठ्नु थियो । उनकी रुम मेट सिस्टर शलीले उनलाई बिहान चार बजे नै उठाइदिइन् । उनी उठिन् र चिसो पानीले मुख धुनका लागि किचेनमा पसिन् ।

अन्तिम पटक उनकी रुममेट शर्लीले उनलाई रुमबाट किचेन तिर जाँदै गरेको देखेकी थिइन् । जब उनी किचेनमा पुगिन् तब, उनले फादर कोट्टूर, सिस्टर सेफी र फादर पुट्रीकायललाई अनैतिक स्थितीमा देखिन् ।

उनले सबैलाई नबताउन् भनेर उनीहरु सबै मिलेर उनको घाटी थिचेर अभयाको हत्या गरिएको अभियोजन पक्षको आरोप छ । त्यसपछि उनलाई नजिकैको कुवामा फालिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?