बेलायतबाट दिल्ली पुगेकी महिला फरार, कोरोनाको नयाँ स्ट्रेनको आशंका

काठमाडौं । बेलायतबाट दिल्ली गएकी एक महिला फरार भएपछि भारतमा हंगामा मच्चिएको छ ।

महिला फरार भएपछि कोरोनाको नयाँ स्ट्रेनको आशंका गर्दै भारतमा अलर्ट जारी गरिएको थियो । यो घटनापछि रेल्वेदेखि तमाम यातायात विभागमा यसको सूचना दिइएको थियो ।

new Corona strain

खोज्दै जाँदा उनलाई विजयवाडास्थित आफ्नै घरमा पाइएको बताइएको छ ।

उनी ट्रेनमा दिल्लीबाट विजयवाडा गएकी थिइन् ।

उक्त महिला कोरोना संक्रमितका साथै उनमा नयाँ स्ट्रेनको कोरोना संक्रमण रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?