काठमाडौं । कोरोनाको नयाँ रुपबाट हैरान भएको बेलायतमा फेरि अर्को एक कोरोनाको नयाँ रुप फेला परेको छ ।
बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले बुधवार नयाँ रुपका दुई कोरोना संक्रमित पाइएको बताए ।
दुबै जना हालैमात्र दक्षिण अफ्रिकाबाट बेलायत गएका थिए ।

विशेषज्ञले एक हप्तामै कोरोनाको दोश्रो रुप पाइएपछि भाइरस झनै तीव्र रुपले फैलिन सक्ने आशंका व्यक्त गरेका छन् ।
ह्यानककले यो नयाँ रुप हालै मात्र बेलायतमा पाइएको भन्दा पनि खतरनाक रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया