काठमाडौं । अमेरिकामा बुधवार एकैदिन अस्पतालमा भर्ना भएकाको संख्या तीव्र रुपले बढेको छ ।
एकैदिनमा अमेरिकामा बुधवार १ लाख १९ हजार भन्दा धेरै मानिस अस्पतालमा भर्ना भएका छन् । सीएनएनले कोरोना ट्रेकिङ प्रोजेक्ट (सीटीपी) का अफिसरले दिएको जनाउँदै यो जानकारी दिइएको हो ।
लगातार २२ औँ दिनमा अमेरिकामा कोरोना संक्रमितहरु अस्पतालमा भर्ना भएकाको संख्या १ लाख भन्दै धेरै रहेको छ ।
यो भन्दा पहिला मंगलवार १ लाख १७ हजार संक्रमित अस्पताल भर्ना भएका थिए ।
अमेरिकाको क्यालिफोर्नियाको अवस्था सबैभन्दा नाजुक रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया