कुवेत सिटी । अरब मुलुक कुवेतमा आज बिहिवारदेखि कोरोना भाइरसविरुद्धको खोप दिन सुरु गरिने भएको छ । कुवेत सरकारले कोरोनाको खोप देशव्यापी रुपमा सबै नागरिकलाई निशुल्क लगाउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कुवेतले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप हिजो स्वदेश ल्याइसकेको छ । वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएर काम गरिरहेका चिकित्सक तथा सुरक्षाकर्मी खोपको पहिलो प्राथमिकतामा रहेका जनाइएको छ ।
कुवेतले एकरएक महिनाको अवधिमा वर्षभरि नै खोप ल्याउने यहाँका स्वास्थ्यमन्त्री बसेल अल सबाहले जानकारी दिए । कुवेतमा कोरोनाको खोपका लागि हालसम्म ३७ हजार ७ सय व्यक्तिले नाम लेखाइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया