काठमाडौं । गत वर्षको डिसेम्बर अनितम साता चीनको वुहान शहरबाट फेलिएको भनिएको कोरोना संक्रमण हिउँ नै हिउँको महाद्वीप अन्टार्कटिकामा समेत फेला परेको छ ।
चिली अनुसन्धान केन्द्रमा रहेकामध्ये ३६ जनामा संक्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चारमध्यमहरुले बताएका छन् । उनीहरुमध्ये २६ जना आर्मी रहेका छन् भने १० जना सहयोगीहरु रहेको बताइएको छ ।
स्पेनिस भाषाको एक मिडियाले अन्तार्कटिकाको जनरल बर्नाडो ओहिगिन्स राइक्ल्मे अनुसन्धान केन्द्रमा संक्रमण भएको उल्लेख गरेको छ। पोजेटिभ देखिएकाहरुलाई अहिले चीलीको पुन्टा एरेनास शहर पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया