साउदीमा हुनुहुन्छ ? नियम उल्लङ्घन गरे १५ हजार रियाल जरिवाना

काठमाडौं – के तपाई साउदी अरेबियामा हुनुहन्छ ? वा तपाईको परिवारका सदस्य वा आफन्त साथीभाई त्यहाँ छन् कि ? त्यसो हो भने तपाईको लागि यो समाचार राम्रो सूचना हुनसक्छ । किनकी त्यहाँको सरकारले एकै ठाउँमा ५० जनाभन्दा बढी मानिस भेला हुन नपाउने नियम ल्याएको छ ।

कोरोना सङ्क्रमण नियन्त्रणको लागि भन्दै साउदी सरकारले अर्को सूचना जारी नभएसम्मको लागि ५० जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन प्रतिबन्ध लगाएको हो । यदी कसैले नियम उल्लङ्घन गरे साउदी रियाल १५ हजारसम्म जरिवाना हुने सरकारी अधिकारीलाई उदृद गर्दै त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

साउदीले आजबाट सबैै अन्तर्राष्ट्रिय उडानहरु एक हप्ताका लागि रोकेको अरब न्यूज डटकमले छ । साउदी सरकारले जारी गरेको हवाइ उडान लगायत स्वास्थ्य सम्बन्धी सावधानीका सूचनाहरु पूर्ण पालना गर्न साउदीमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?