भारतीय कांग्रेसका वरिष्ठ नेता मोतीलाल वोराको निधन

काठमाडौं । भारतीय कांग्रेसका वरिष्ठ नेता मोतलिाल वोराको निधन भएको छ । उनको ९३ वर्षको उमेरमा सोमवार दिल्लीको फोर्टिन्स अस्पतालमा निधन भएको हो ।

उनी दुई पटक मध्यप्रदेशका मुख्यमन्त्री रहेका थिए ।

२००० देखि २०१८ सम्म उनी पार्टीका कोषाध्यक्ष समेत थिए ।

उनले २० डिसेम्बरमा आफ्नो ९३ औँ जन्मदिन मनाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?