काठमाडौं – गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहानबाट फैलिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन सर्वसाधारणका लागि समेत उपलब्ध गराउन थालिसकिएको छ ।
यसैबीच मोडर्ना कम्पनीले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोपले अमेरिकामा आपतकालिन प्रयोगका लागि अनुमति पाएको छ । यसअघि ९४ प्रतिशतसम्म सुरक्षित रहेको बताइएको यो खोप अमेरिकामा आपतकालिन प्रयोगका लागि अनुमति दिइएको हो । यसरी अनुमति पाउने यो दोस्रो खोप हो ।
फाइजर र बायोएनटेकको खोपले अनुमति पाएको एक हप्तापछि अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले मोडर्नाको खोपलाई पनि अनुमति दिएको छ ।
अमेरिकाले मोडर्नाबाट २० करोड डोज खोप खरिद गर्ने सम्झौता गरेको छ । तत्काल ६० लाख खोप वितरणका लागि तयार छन् । अमेरिकामा हाल विश्वकै सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित फेला परेका छन् भने त्यहाँ कोभिड – १९ बाट मृत्यु हुनेको संख्या पनि विश्वकै सबैभन्दा धेरै रहेको छ ।
हालसम्म अमेरिकामा १ करोड ७२ लाख ६९ हजार ५४२ जना संक्रमित फेला परेको र ३ लाख ११ हजार ५२९ जनाले ज्यान गुमाइसेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
‘जनवरीमा भाइरस फेला परेर डिसेम्बरमा दुईवटा खोप पाउने भनेको ठूलो उपलब्धि भएको वैज्ञानिक बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया