काठमाडौं । अमेरिकाको अलास्कामा कोरोना भ्याक्सिन लगाएका दुई हेल्थ वर्कर्सको स्वास्थ्य अवस्था बिग्रिएको छ ।
उनीहरु दुबैले एउटै अस्पतालमा कोरोनाविरुद्धको भ्याक्सिन लगाएका थिए ।
एलर्जीको समस्या भएको भन्दै दुबैलाई अस्पतालमा भर्ना गरिएको अधिकारीहरुले बताएका छ्न । उनीहरुले फाइजरको भ्याक्सि लगाएका थिए ।
त्यसको १० मिनेट पछि एक जनाको हार्टबीट बढेको थियो । श्वास फेर्न समस्या हुन थाल्यो र छालामा रातो चिन्ह देखा पर्न थाल्यो ।
उनलाई पहिला कहिल्यै यस्तो एलर्जीको समस्या थिएन । त्यस्तै दोश्रो वर्कर्सलाई रिएक्शनको सामान्य लक्षण पाइएको थियो । उनलाई घाटीमा दुख्न थालेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया