फ्रान्सका राष्ट्रपति म्याक्रोलाई कोरोना संक्रमण

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोलाई कोरोना संक्रमण भएको छ । बिहीवार उनको अफिसमा जारी भएको बयानमा यसको जानकारी दिइएको हो ।

बयानमा भनिएको छ, ‘राष्ट्रपतिलाई बिहीवार कोरोना संक्रमण पुष्टि भएको छ । उहाँमा कोरोना संक्रमणका प्रारम्भिक लक्षण देखिएका छन्।’

म्याक्रो अब केहिदिनसम्म आइसोलेसनमा रहनेछन् । उनी अनलाइनबाट आफ्नो काम गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?