काठमाडौं । पार्टीको स्थायी कमिटि बैठकमा अनुपस्थित रहेका प्रधानमन्त्री समेत रहेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बैठकमा लिखित पत्र पठाएका छन् ।
आजको बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्र बोलेको र बैठकमा पार्टी एकताको सकारात्मक प्रयास भएको एक नेताले लोकपथलाई बताए ।
“प्रधानमन्त्री ओलीले अनुपस्थित हुने विभिन्न कारणहरु खुलाउँदै पार्टी एकताका लागि सहमतीको एउटै दस्तावेज बन्ने धारणा लेखेर पठाउनुभएको छ ।” उनले भने ।
साथै ओलीले लेखेर पठाएको पत्रलाई आधार मान्दै उनले पार्टी विवाद र टुटफुट र विवाद हुन नदिनका लागि सकारात्मक रहेको समेत संकेत गरेका छन् ।
मंसिर २८ गतेसम्म सबै नेताहरुले होमवर्क गर्ने र त्यतिबेलासम्म अध्यक्षद्वयले समेत छलफल गर्ने बताएका छन् ।
त्यतिबेलास्म सहमतीको बिन्दु खोजेर २८ गते स्थायी कमिटि बैठक बस्ने र आगामी पौष ५ गते नेकपाको केन्द्रीय कार्यसमितिको बैठक बस्ने ती नेताले बताएका छन् ।
यो पनि
ओली बिना बसेको नेकपा स्थायी कमिटी बैठक स्थगित, के भयो कुरा ?
४० मिनेट ढिलो गरी शुरु भयो नेकपा स्थायी कमिटी बैठक, ओली गएनन् !
धुम्बाराहीमा छलफल जारी : ‘माईलस्टोन’ बन्न सक्ला त स्थायी कमिटी बैठक ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया