कांग्रेस नेता पौडेल पक्राउको विरोध गर्दै सभापति देउवाले दिए सरकारलाई चेतावनी

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् ।

नेता पौडेललाई तनहुँमा बुधबार प्रहरीले नियन्त्रण लिए लगत्तै एक विज्ञप्ति जारी गर्दै उनले सरकारको सशक्त प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् ।

उनले एक विज्ञप्ति जारी गरेर भनेका छन्, ‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पुरा हुन नदिन कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।’

उनले थपेका छन्, ‘सरकारको यो निन्दनीय व्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु ।’

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । गृहजिल्ला तनहुँमा पुगेका पौडेललाई त्यहाँ भएको प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।

व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्ने विषयमा भएको विवादका क्रममा भएको प्रदर्शनमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस् ’, पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्न जाने क्रममा पौडेललाई प्रहरीले पक्राउ गरेको हो । पुल उद्घाटनमा नेता पौडेल जाने भएपछि नेकपा तनहुँ र राष्ट्रिय युवा संघ नेपालले विरोध गरेको थियो । पुल उद्घाटन विवादमा परेसँगै प्रशासनले पुल उद्घाटनलाई रोक्न आग्रह गर्दै निषेधाज्ञा समेत जारी गरेको छ । युवा संघले विरोधका कार्यक्रमहरु तय गरेसँगै त्यसबाट हुने झडप रोक्न प्रशासनले बुधवार बिहान १२ बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् : 

पौडेल पक्राउ प्रकरण : तनहुँका सिडियोको बयान यस्तो

कांग्रेस नेता पौडेल पक्राउपछि बाबुराम भट्टराईले गरे कटाक्ष, भन्छन् – ‘दालमा कालो देखियो’

शान्ती समाजद्वारा वरिष्ठ नेता पौडेलको बिनासर्त रिहाइ माग (विज्ञप्तिसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?