शान्ती समाजद्वारा वरिष्ठ नेता पौडेलको बिनासर्त रिहाइ माग (विज्ञप्तिसहित)

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएकोप्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ती जनाएको छ ।

जिल्लाको दमौली व्यास नगरपालिकास्थित वडा न १ र ११ बीचमा पर्ने तालघरे सडकस्थित पुल उद्घाटन गर्न जाने क्रममा वरिष्ठ नेता पौडेलसहित १२ जना पक्राउ परेका छन् ।

शान्ति समाज नेपालले एक विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता पौडेलसहित पक्राउ परेका सबैलाई बिनासर्त रिहाइको माग गरेको छ ।

विज्ञप्ति पढ्नुहोस्

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मंसिर १७ गते दिउँसो तनहुँ दमौली व्यास नगरपालिकास्थित वडा न। १ र ११ बीचमा पर्ने तालघरे सडकस्थित पुल उद्घाटन गर्न जाँदा सरकारद्वारा गरिएको बलात गिरफतारीको मानव अधिकार तथा शान्ति समाज निन्दा गर्दछ ।

स्थानीय प्रशासनले कोभिड संक्रमणको वहाना अघि सारेता पनि सहमतिबाटै तय भएको कार्यक्रमलाई रोक्ने/बिथोल्ने नियतले सत्तारुढ नेकपाको दबाबमा वरिष्ठ नेता पौडेलसहित आधा दर्जन बढीलाई हिरासतमा लिएको देखिन्छ । यसले सरकारको असहिष्णु र सत्तारुढ दलका कार्यकर्ताहरुको प्रतिशोधात्मक आचरण प्रकट भएको छ जुन निन्दनीय छ । वरिष्ठ नेता रामचन्द्र पौडेलसहित हिरासतमा रहेका सबैको विना सर्त शिघ्र रिहाइको शान्ति समाज माग गर्दछ ।
समाजका तर्फबाट

उत्तम पुडासैनी

सभापति, मानव अधिकार तथा शान्ति समाज

केन्द्रीय कार्यसमिति

मितिः २०७७ मंसिर १

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?