काठमाडौं । डिसेम्बरको शुरुवातसँगै अब २०२० को अन्त्य पनि हुन लागेको छ । यो २०२० को अन्तिम महिना हो । अहिले कोरोनाले सारा विश्वलाई हैरान बनाएको छ ।
यसमा केहि घटनाक्रमहरु यस्ता पनि भएका छन्, जसले सारा विश्वलाई तहसनहस बनाएको छ । बलिउड फिल्म इण्डस्ट्रीमा केहि झट्का लागेका छन् २०२० मा । यहि मध्येको एउटा झट्का हो बलिउड अभिनेता स्वर्गीय सुशान्त् सिंह राजपूतको निधन ।
![]()
१४ जुनमा उनले बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । त्यसपछि उनको आत्महत्या प्रकरणमा धेरै विवाद उत्पन्न भएको थियो ।
जसका कारण उनी यो वर्षमा भारतको याहू इण्डियामा धेरै सर्च भएका छन् । उनी २०२० को मोस्ट सर्च पर्सन हुन् ।
यसका साथै उनकी प्रेमीका तथा अभिनेत्री रिया चक्रवर्तीको नाम तेश्रो नम्बरमा आएको छ ।
सुशान्तको मृत्यु पछि आरो प्रत्यारोप र ड्रग्स कनेक्शनका कारण उनी चर्चामा रहेकी थिइन् । उनी भारतमा धेरै सर्च हुनेमा तेश्रो नम्बरमा छिन् ।
यो लिस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राहुल गान्धी, अमिताभ बच्चन, कंगना रनौत पनि रहेका छन् । सुशान्त पछि मेल सर्चमा बलिउड महानायक अमिताभ बच्चन, अक्षय कुमार र सलमान खानको नाम रहेको छ ।
इरफान खान पाचौँ नम्बरमा रहेका छन् । त्यस्तै ऋषि कपूर, एसपी बालासुब्रमण्यम, सोनू सूद, अनुराग कश्यप र अलु अर्जुन रहेका छन् ।
रिया पछि फीमेलमा कंगना रनौत, दीपिका पादुकोणको नम्ँबर दोश्रो र तेश्रो स्थानमा क्रमशः रहेको छ । त्यस्तै सनी लियोनी चौथो र प्रियंका चोपडा, क्याटरिना कैफ, नेहा कक्ड, कनिका कपूर, करीना कपूर खान र सारा अली खान यो लिस्टमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया