काठमाडौं । कालो हरिण शिकार केसमा बलिउड सुपरस्टार सलमान खान मंगलवार फेरि एक पटक फेरि कोर्टमा पेश भएनन् ।
उनले महामारीको प्रकोप भनेर टार्दै उपस्थित हुन छुटको माग गर्दै जिल्ला अदालतमा अर्जी लगाएका थिए । अब अर्को सुनुवाई १६ जनवरीमा हुँदैछ ।
कोरोनाका कारण उनलाई आठ महिनामा छैटौँ पटक छोडिएको हो ।
सलमानलाई मंगलवार हिरण शिकारसँग जोडिएको केसमा उपस्थित हुन आदेश दिइएको थियो ।
कालो हरिण शिकार केसमा ५ अप्रिल २०१८ मा ट्रायल कोर्टले उनलाई दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया