टलिउड सुपरस्टार चियान विक्रमको घर बमले उडाइदिने धम्की

काठमाडौं । साउथ सुपरस्टार चियान विक्रमलाई घर बमले उडाउने धम्की आएको छ ।

सोमवार एक अपरिचित व्यक्तिले मोबाइलमा फोन गरेर उनलाई यो धम्की दिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

धम्की पश्चात् तत्काल विक्रमले पुलिसलाई यसको जानकारी दिएका थिए । उनको जानकारी पश्चात् तत्काल पुलिस कुकुर र बम डिस्पोजल टोलीसहित उनको घरमा पुगेको थियो ।

अहिले पुलिसले धम्की दिने ति व्यक्तिको खोजतलास गरेको बताइएको छ । पुलिसले अनुसन्धानका क्रममा धम्की दिने व्यक्ति विल्लुपुरम नामका रहेको बताएको छ ।

अभिनेता विक्रम चेन्नाइको बेसेन्ट नगरमा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?