करण जौहरले मागे माफी

काठमाडौं । वेब रियालिटी शो द फैबुलस लाइभ्स अफ बलिउड भाइब्स को टाइटललाई लिएर मधुर भण्डारकरद्वारा केहि दिनयता लगातार आरोप लागिरहेको थियो । अब भने करण जौहरले माफी मागेका छन् ।

उनको यो वेब सिरिज गत हप्ता रिलिज भएको थियो । करणले सोसल मिडियाबाट भण्डारकरसँग माफी मागेका छन् । तर टाइटल भने परिवर्तन नगर्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?