काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन् ।
आफ्नो दुईदिने नेपाल भ्रमणमा बिहीवार बिहान काठमाडौं आइपुगेको श्रृंगालले साँभm प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका हुन् ।
यसअघि उनले उनले परराष्ट्र सचिवस्तरको बैठकमा सहभागी हुनुका साथै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गरेका थिए ।

त्यस्तै आज नै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेट्ने कार्यक्रम रहेको छ ।
सिंहदरबारमा परराष्ट्रमन्त्रीज्ञवालीसँगको शिष्टाचार भेटपछि विदेश सचिव श्रृङ्गलाले कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन पहिले भारतमा उपलब्ध भए नेपाललाई पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
सचिव श्रृङ्गलाले नेपाल भारतको सम्बन्ध सभ्यतासँग जोडिएकाले जस्तो सुकै प्रतिकुल अवस्थामा पनि नविग्रिएको दावी गरे ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भारतको सम्बन्ध समयअनुसार परिवर्तन गर्दै बलियो बनाउनुपर्ने बताए । नेपाल भारत सम्बन्ध ऐतिहासिक भएकाले दुईदेशको सम्बन्धको जग बलियो रहेको उनले बताए ।
भोली गोरखा र मनाङ पुगेर भारत फर्किनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया