काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ६ सय ९९ कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय ८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३ सय २१ पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार ९ सय ६३ रहेको छ । अहिलेसम्म नेपालमा १६ लाख ६० हजार ७५ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ६ सय ६८ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया