काठमाडौं – चिसो बढीरहेको छ । कोरोनाको कहरकाबीच बढेको चिसोका कारण जनजीवन प्रभावित बन्दै गएको छ । यसैबीच जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै देशको पहाडी भू-भागमा आंशिक बदली र हिमाली जिल्लाहरुमा हिमपातको संभावना रहेको जनाएको छ ।
हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । भने हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहेको छ।
यस्तो छ तीन दिनको मौसम :
आज : दिउँसो दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू – भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका अन्य भू – भागमा मौसम सामान्यता सफा रहनेछ ।
सोमबारको मौसम : दिउँसो देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ।
सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ।
सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
मंगलबारको मौसम : दिउँसो प्रदेश ५, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै राति देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ।
सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया