काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुुनेको ल संख्या १ हजार ३०५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३०५ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ३२३ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ९३ हजार ३२५ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ ।
अहिलेसम्म नेपालमा १६ लाख ५२ हजार ४३ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ७५७ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया