काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चुलिएका बेला नेताहरुबीच भेटघाट बाक्लिएको छ ।
अध्यक्षद्वयको टकरावको कारण फुटको अवस्थामा पुगेको नेकपामा नेताहरुले अध्यक्षद्वयसँग भेटघाट गरी सहमती खोज्ने प्रयास गरिरहेका छन् ।
आज पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटघाटमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई महासचिव विष्णु पौडेलले सचिवालयमा राखेको प्रस्ताव फिर्ता गर्न आग्रह गरेका छन् ।
महासचिव पौडेलको आग्रहपछि प्रचण्डले प्रस्तावका विषयमा छलफल गर्दै जाने बताएका छन् ।
आज नै प्रचण्डले नेता सुवास नेम्वाङ र ईश्वर पोखरेलसँग समेत भेटघाट गरेका छन् ।
प्रचण्डले गत कार्तिक २८ गते बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई संघिन आरोप लगाउँदै एकल प्रस्ताव दर्ता गराएका थिए । आजको भेटघाटमा प्रचण्डले तीनै नेताहरुसँग त्यहि विषयमा छलफल गरेको स्रोतले जनाएको छ ।
पार्टी विवाद चुलिएका बेला गत बुधवार सचिवालय बैठक बसेको थियो । बैठकमा क्रममा ओलीले अर्को प्रस्ताव ल्याउने सहमतीसहित आगामी मंसिर १३ गते सचिवालय बैठक बस्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया