काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य योगेश भट्टराईले नेकपा जैविक र नेपाली बिशेषताको मौलीक पार्टी भएको बताएका छन् ।
पार्टी विवाद उत्कर्षमा पुगेका बेला नेता भट्टराईले नेकपा नेपाली माटोमा हुर्किएको, बढेको फैलिएको पार्टी भएको बताउँदै यसको उत्पादनमा कुनै आयातित मल, बिउ र प्रविधिको प्रयोग नभएको बताएका हुन् ।
साथै नेकपाको बिकास बाह्य हस्तक्षेप बिना यसको बिकास र बिनास समेत यहि हुने जोड दिएका छन् । बिहीवार सामाजिक सञ्जालमा लेख्दै उनले भने, “घरेलु (नेपाली) बिउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको पार्टीहो नेकपा । यसको बिकास र बिस्तारमा कुनै आयातित मल, बिउ र प्रबिधिको प्रयोग गरिएको छैन । नेकपा जैविक र नेपाली बिशेषताको मौलीक पार्टी हो । यसको बिकास वा बिनास यसैभित्र अन्तरनिहित छ ।”
पार्टी विवाद मिलाउनको लागि नेपालका लागि चिनियाँ राजदूतको सक्रियताबारे आलोचना भइरहेको छ । त्यसैलाई संकेत गर्दै उनले हिमालपारीको संकेतबाट फुट्ने वा मैदानपारीको सक्रियताबाट फुट्ने मान्यता नेकपामा फिट नहुने समेत बताएका छन् ।
उनले भने, “‘हिमाल पारीको संकेतबाट जुट्ने वा मैदान पारीको सकृयताबाट फुट्ने’ यो मान्यता नेकपाको शरीरमा फीट नहुने सोच वा औषधी हो । अरु कसैमा यो उक्ति लागु हुनसक्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया