काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद टुंग्याउने प्रयासस्वरुप अनेकन रस्साकस्सीपछि आज बसेको सचिवालय बैठक आगामी १३ गतेसम्मका लागि स्थगित भएको छ ।
पछिल्ला घटनाक्रमले साँच्चै पार्टी फुट्छ कि भन्ने संशय अझ बढी भएको छ ।
यसैबीच नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा आफ्नो सहमति रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले बताएका छन् ।
गौतमले शुक्रबारको सचिवालय बैठकमा पेश गरेको प्रस्ताव प्रचण्ड एक्लैले नल्याएको प्रस्ट पार्दै उक्त प्रस्तावलाई केपी ओली पक्षधरका केही नेताहरुले प्रचण्डले फिर्ता लिनुपर्ने भनेर कोकोहोलो मच्चाइरहेका बेला उपाध्यक्ष गौतमले सो प्रस्ताव प्रचण्डसहित ५ जना नेताको छलफल र सहमतिमा तयार भएको बताएका हुन् ।
गौतमको मत छ – ‘त्यसलाई कुनै हालतमा फिर्ता गरिनुहुँदैन ।’ उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा पनि यहि कुरा गरेको बताएका छन् । त्यस्तै गौतमले उक्त प्रस्ताव पार्टी ध्वंश गर्न नभई केपी शर्मा ओलीलाई सच्याउनका लागि आएको पनि जनाएका छन् ।
उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, प्रचण्डले पेश गर्नुभएका प्रस्तावहरु नेकपाका समस्त एकताप्रेमी, परिवर्तनकामी एवम् विधि र पद्धति पक्षधर नेता–कार्यकर्ताको सामूहिक आवाज हो।
विज्ञप्तीमा लेखिएको छ, “अध्यक्ष ओलीलाई धरातलीय यथार्थबाट माथि (हावामा) उडाएर उहाँको सुन्दर राजनीतिक जीवनमा क्षति पुर्याउने काम तुरुन्त रोकियोस् ।”
विज्ञप्तीमा थपिएको छ – ‘उनलाई खुशी पार्ने नाममा अरु नेताको बदनामी गर्ने, भ्रम सिर्जना गर्दै अरु नेताको बदख्याँईं गर्ने काम पनि तत्काल बन्द गरिनुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया