काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ३८ जनालाई कोरोना संक्रमण भएको छ ।
जसमध्ये ४०३ जना महिला र ६३५ जना पुरुष संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै काठमाडौं जिल्लमा मात्रै १२ हजार ५७२ सक्रिय केस रहेका छन् भने ६६ हजार ८८२ जना कोरोना संक्रमण मुक्त भएका छन् त्यस्तै अहिलेसम्म काठमाडौंमा ३०७ जनाको मृत्यु भएको छ भने ७९ हजार ७६१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै भक्तपुरमा १ हजार ६२ जना सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ६ हजार ४८ जना निको भएका छन् । त्यस्तै हालसम्म ८० जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार १९० जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ललितपुरमा २ हजार ५६ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै ९ हजार ४४१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८८ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । त्यहाँ ११ हजार ५८५ जनालाई कोरोना संक्रमण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया