नेपालमा थप ३ हजार ५ सय ३८ जना कोरोना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ३८ कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार २५९ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या २८ हजार ८७८रहेको छ । अहिलेसम्म नेपालमा १६लाख २३ हजार ७५४ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ९१० रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?