अन्तत: आफ्नै निर्णयबाट ‘ब्याक’ भए प्रधानमन्त्री ओली, सारे मन्त्रिपरिषद् बैठक

काठमाडौं । बुधवार दिउँसो १ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक सरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज १ बजेका लागि बोलाएको बैठक २ बजेसम्मका लागि सारेका हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सचिवालय बैठक समेत दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला सचिवालय बैठक आलटाल गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको भन्ने आलोचनापछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक १ घण्टा सारेका हुन् ।

नेकपाका अध्यक्ष ओलीले सचिवालय बैठक सार्नका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहसँग आग्रह गरेका थिए । तर प्रचण्ड समूहले भने सचिवालय बैठक कुनैपनि हालतमा नसार्ने अडान लिएका थिए ।

त्यस्तै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा सचिवालय बैठक पूर्वनिर्धारित कार्यक्रम अनुसार दिउँसो १ बजे बालुवाटारमा बस्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?