२४ घण्टा नपुग्दै फेरियो ट्रम्पको भनाई, भने- मैले नै हो चुनाव जितेको

काठमाडौं । अमेरिकी चुनावको नतिजा पूरा क्लियर भएको छ । अबको सत्ता डेमोक्रेटिक पार्टीबाट प्रेसिडेन्ट इलेक्ट जो बाइडेनले सम्हाल्नेछन् ।

हिजो राष्ट्रपति डोनाल्ड ट्रम्पले धाँदली पूर्ण तरिकाले बाइडेनले चुनाव जितेको बताएका थिए । तर त्यसको २४ घण्टा नबित्दै उनले अर्को एक ट्वीट गर्दै चुनाव जितेको बताएका हुन् ।

ट्रम्पको क्याम्पेनले मिचिगन र पेन्सिल्वेनिया जस्ता शहरमा चुनावको नतिजालाई लिएर धाँदली भएको भन्दै केस दर्ता गराएका छन् ।

धेरै जसो स्थानमा ट्रम्प पराजित भएका छन् । एरिजोनामा त उनले केस नै फिर्ता लिएका छन् । त्यस राज्यमा २४ वर्ष पछि डेमोक्रेटिक पार्टीले जित निकालेको हो ।

यो बाहेक सत्ता हस्तान्तरणको तयारी पनि केहि भएको छैन । ट्रम्प प्रशासनले अहिलेसम्म बाइडेनको टीमलाई बधाई दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?