को बन्ला बिहारको नयाँ मुख्यमन्त्री ?

काठमाडौं । पटनामा एनडीएको विधायकको मिटिङ भन्दा पहिला जनता दल यूनाइटेडको नव निर्वाचित विधायकको एक बैठक हुन गईरहेको छ ।

जेडीयू अध्यक्ष नीतिश कुमारको घरमा भईरहेको यस बैठकमा सीएम पदसहित अन्य मुद्दामा बहस हुनेछ ।

जेडीयूका नयाँ विधायक नीतिश कुमारले सरकार गठनमाथि आफ्नो रायले अवगत गराउनेछन् । त्यसपछि एनडीए विधायक दलको बैठक हुनेछ ।

यस बैठकमा बीजेपी, जेडीयूसहित १२५ नव निर्वाचित विधायकहरु रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?