विश्व रेकर्ड नजिक रोनाल्डो : उमेरसँगै झन् मजबुत बन्दै

काठमाडौं । पोर्चुगल स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इन्टरनेशनल गोलको विश्व रेकर्ड नजिक पुगेका छन् । एन्डोराविरुद्ध बुधवार भएको मैत्रीपूण म्याचमा रोनाल्डोले आफ्नो १०२ औँ इन्टरनेशनल गोल हानेका छन् ।

उनी ईरानका पूर्व स्ट्राइकर अली डेईको रेकर्ड १०९ अन्रर्ताष्ट्रिय गोलबाट मात्र ७ गोल पछि रहेका छन् । ३५ वर्षका रोनाल्डोले आफ्नो १७ वर्षको करियरमा हालसम्म १६८ अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । तर उमेर जति बढ्दै गयो त्यति नै उनी मजबुत देखिएका छन् । उनको गोलको रेट झनै बढीरहेको छ । आफ्नो अन्तर्राष्ट्रिय करियरको शुरुवाती ११ वर्षमा (२००३,२०१४) मा रोनाल्डोले ११८ म्याच खेलेका थिए । जसमा उनले ५२ गोल हानेका थिए । तर २०१५ बाट अहिलेसम्म ५० म्याच खेलेका छन् । जसमा उनले ५० गोल हानेका छन् । उनले प्राय म्याचमा एक गोल हानेकै छन् । २०१५ मा ३० औँ जन्मोत्सव मनाएपछि उनको स्पिड झनै बढेको छ ।

उनले ईरानका अलीको रेकर्ड (१०९) तोड्न लागेका हुन् । उक्त रेकर्ड तोडेपछि रोनाल्डो अन्तर्राष्ट्रिय म्याचमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्नेछन् । उनले पहिलो गोल आफ्नो आठौँ म्याचमा ग्रीसविरुद्ध सन् २००४ मा गरेका थिए । त्यस्तै ५० औँ गोल २०१४ मा फिफा विश्वकपमा घानाविरुद्ध गरेका थिए ।

रोनाल्डोले आफ्नो १०० औँ गोल यसै वर्ष सेप्टेम्बरमा स्वीडेनविरुद्ध नेशन्स लीगमा गरेका थिए । अहिलेसम्म मात्र २ जना खेलाडीले नै अन्तर्राष्ट्रिय म्याचमा १०० भन्दा धेरै गोल गरेका छन् । रोनाल्डोको आसपास हाल कोहि पनि खेलाडी छैनन् । अर्जेन्टीनाका स्टार लियोनेल मेसी ७१ गोलका साथ १५ औँ नम्बरमा छन् । रोनाल्डोले लिथुआनिया र स्वीडेनविरुद्ध सबैभन्दा धेरै ७७ गोल हानेका छन् । त्यस्तै अर्जेन्टिना र ग्रीससमेत १७ देशविरुद्ध उनले सबैभन्दा कम ‘१’ गोल मात्रै गरेका छन् । रोनाल्डोले सबैभन्दा धेरै गोल यूरो क्वालिफाइङ्ग म्याचमा गरेका छन् । उनले यसमा ३५ म्याचमा ३१ गोल गरेका छन् । ३८ फिफा वर्ल्ड कप क्वालिफिकेशन म्याचमा उनले ३० गोल गरेका छन् ।

Video: Ronaldo's record goals as Juve ace smashes the century mark

रोनाल्डोले आफ्नो करियरमा कुल ९ पटक ह्याट्रिक गरेका छन् । उनले आफ्नो अन्तिम ह्याट्रिक गोल २०१९ मा लिथुआनियाविरुद्ध यूरो क्वालिफाइङमा गरेका थिए । रोनाल्डोले अहिलेसम्म कुल २२ गोल बायाँ खुट्टाले गरेका छन् भने ५५ गोल दायाँ खुट्टाले गरेका छन् । त्यस्तै २५ गोल हेडिङ मार्फत् गरेका छन् ।

रोनाल्डोले १० गोल डाइरेक्ट फ्रिकिकबाट गरेका छन् । त्यस्तै ८१ गोल आफ्नो म्याचको बेला खेलबाट गरेका छन् । त्यस्तै ११ गोल पेनाल्टीबाट गरेका छन् । रोनाल्डोले आफ्नो इन्टरनेशनल करियरमा सबैभन्दा धेरै गोल म्याचको ७६ बाट ८५ औँ मिनेटसम्ममा गरेका छन् । त्यस्तै ११ देखि २० मिनेटमा उनको गोल गर्ने लय सबैभन्दा कम छ ।

यो पनि पढ्नुहोस् : सामान्य परिवारका रोनाल्डो कसरी बने शताव्दीकै उत्कृष्ट खेलाडी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?