काठमाडौं । आउँदो वर्ष टोकियोमा हुन गईरहेको आलम्पिक गेम्समा खेलाडीहरुले १४ दिन आइसोलेसनमा बस्नु नपर्ने भएको छ ।
यो ओलम्पिक यसै वर्षको २४ जुलाईदेखि ९ अगस्टसम्म हुने क्रममा थियो तर कोरोनाको कारण एक वर्ष सरेर अर्को साललाई पुग्यो । अब २०२१ मा २३ जुलाईबाट ८ अगस्टसम्म अेलम्पिक हुँदैछ ।
जापान सरकारले कोरोनाको संक्रमणलाई रोक्नको लागि बाहिरबबाट जानेलाई १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नैपर्ने नियम लगाएको छ । तर अब भने जापान सरकारले यसको समय क मगर्ने विचार गरिरहेको छ ।
यस्तो अवस्थामा फाइदा खेलाडीलाई पर्नेछ । ओलम्पिक अर्गनाइजेशनले यसमा अन्य काम गर्न आवश्यक रहेको बताएको छ ।
किनभने १४ दिनको क्वारेन्टाइन सम्भव छैन । त्यस्तै खेलाडीहरुलाई जापान जानु भन्दा ७२ घण्टा पहिलासम्मको कोरोना रिपोर्ट नेगेटिभ आउन आवश्यक छ ।
टोकियो चीफ अफिसर तासीरो मोटोले टोकियोको लोकल प्रशासनसँग मीटिङ गरेपछि प्रेस कन्फ्रेन्समा ओलम्पिकमा भाग लिने खोलाडीले १४ दिनसम्म क्वारेन्टाइन बस्नुपर्ने वा नपर्ने भन्नेबारेमा अहिलै भन्न नसकिने बताएक छन् ।
उनीहरुका लागि के नियम हुन्छ र कस्तो हेल्थ प्रोटोकलको पालना गर्नुपर्छ यसमा छलफल भईरहेको बताएका छन् । यसको निर्णय अबको कोरोनाको अवस्थालाई नियालेर गरिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया