घरेलु मैदानमा पाराग्वेसँग अर्जेन्टिनाको बराबरी

काठमाडौं । फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले घरेलु मैदानमा पाराग्वेसँग बराबरी खेलेको छ । शुक्रवार बिहान भएको दक्षिण अमेरिकी छनोट अन्तर्गतको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग १-१ गोलको बराबरी खेलेको हो ।

खेलको २२ औं मिनेटमा एन्जल रोमेरोले पेनाल्टीमा गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए । तर, खेलको ४१ औं मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै छनोटमा अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोडेको छ । अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ । पाराग्वे पाँच अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?