काठमाडौं । कोरोना महामारीसँग अहिले सारा विश्व लडिरहेको छ ।
अहिलेसम्म लाखौँ मानिसहरुको मृत्यु भईसकेको छ भने करोडौं मानिसहरु यसबाट संक्रमित बनेका छन् । यसको रोकथामको लागि विश्वभरका वैज्ञानिकहरु यसविद्धको भ्याक्सीन बनाउन लागि परेका छन् ।
यसैबीच अमेरिकाको फाइजर कम्पनीले आफूले बनाएको भ्याक्सीन ९० प्रतिशत सुरक्षित भएको दाबी गरेको छ । साथै अमेरिकामा यो भ्याक्सीन डिसेम्बरसम्म आईसक्ने पनि बताइएका छ ।
अमेरिकी नागरिकहरुलाई डिसेम्बरसम्ममा कोरोनाको टिका बाँड्न सकिने बताइएको छ ।
स्वास्थ्य सचिव एलेक्स अजारले फाइजर इंक कोरोना भ्याक्सीनको परीक्षणबाट मिलेको सकारात्मक नतिजालाई अब नागरिकमा बाँड्ने बेला आएको बताएका छन् । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया