काठमाडौं उपत्यकामा यस्तो छ कोरोना महामारीको हालसम्मको सम्पूर्ण विवरण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार २६१ जनालाई कोरोना संक्रमण भएको छ ।

जसमा ५२८ जना महिला रहेका छन् भने ७३३ जना पुरुष संक्रमित रहेका छन् ।

काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा मात्रै अहिले होम आइसोलेसनमा रहनेको संख्या ११ हजार ३९३ जना रहेका छन् भने १७ हजार १६४ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै काठमाडौंमा ५७ हजार ८६७ जना संक्रमण मुक्त भएका छन् भने २८९ जनाको मृत्यु भएको छ । त्यस्तै ७५ हजार ३२० कुल संक्रमितको संख्या रहेको छ ।

त्यस्तै भक्तपुरमा अहिलेसम्म १ हजार २७५ जना सक्रिय संक्रमित रहेका छन् भने ५ हजार ४१६ जना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै १ हजार ८१४ जना होम आइसोलेसनमा छन् भने ७४ जनाको मृत्यु भएको छ । त्यस्तै ६ हजार ७६५ जना कुल संक्रमित रहेका छन् ।

त्यस्तै ललितपुरमा हालसम्म सक्रिय संक्रमितको संख्या २ हजार ५०६ रहेको छ भने ८ हजार १६८ जनाको मृत्यु भएको छ ।

त्यस्तै ७७ जनाको मृत्यु भएको छ भने १० हजार ७५१ जनालाई कोरोना संक्रमण भएको छ । ललितपुरमा १ हजार ८३१ जना होम आइसोलेसनमा रहेका छन् ।

यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार १७४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ६६६ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ ।

अहिलेसम्म नेपालमा १५ लाख ७४ हजार २९५ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १०९रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?