अमेरिका खेलमा फर्किसक्यो, सत्ता हस्तान्तरण सहजै हुनेछ : बाइडेन

काठमाडौं । अमेरिकाको राष्ट्रपति चुनाव जितिसकेका जो बाइडेनले मंगलवार यूरोपीय देशका नेताहरुसँग फोनमा कुराकानी गरेका छन् ।

उनले कुराकानीका क्रममा अमेरिका खेलमा फर्किसकेको बताएका छन् । यो ईशारा उनले चीनसमेतका केहि देशतर्फ गरेको विज्ञले अनुमान गरेका छन् ।

यो उनको छोटो ईशारा राष्ट्रपति ट्रम्पको कार्यकालमा अमेरिकासँग निहुँ खोज्ने देशलाई रहेको बताइएको छ ।

बाइडेनले बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रो र जर्मन चान्सलर एन्जेला मर्केलसँग कुराकानी गरेका थिए ।

त्यसपछि यो जानकारी मिडियालाई दिइएको थियो । बाइडेनले अब अमेरिका फर्किसकेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?