आईपीएलको फाइनलमा दिल्लीद्वारा मुम्बईलाई १५७ रनको लक्ष्य

काठमाडौं । आईपीएलको १३ औँ सीजनको फाइनलमा अहिले दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच खेल भईरहेको छ ।

टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५६ रन बनाएको छ । दिल्लीका लागि कप्तान श्रेयस अय्यरले नट आउट ६५, ऋषभ पन्त, शिखर धवनले १५ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । दिल्ली पहिलो पटक फाइनलमा पुगेको हो ।

साथै पहिलो फाइनलमै आफूले उपाधि जित्न चाहन्छ । त्यस्तै मुम्बई ५ औँ पटक आईपीएलको उपाधि जित्ने दाउमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?