काठमाडौं । कोरोना महामारीका कारण गत चैतदेखी बन्द रहेको खेलकुद गतिविधि सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले खेलकुद गतिविधि सञ्चालनका लागि अनुमति दिने निर्णय गरेको हो ।
स्वास्थ्य प्रोटोकल अपनाएर खेलकुद गतिविधि सञ्चालन गर्न दिने निर्णय भएको मन्त्रालय स्रोतले जनाएको छ । कोरोना भाईरसको संक्रमणको कारण सरकारले गत चैतबाट खेलकुद गतिविधिमा रोक लगाएको थियो ।
राखेपले फुटबल टिमलाई प्रशिक्षणको अनुमति भने दिएको थियो । नेपाली राष्ट्रिय पुरुष फुटबल टिम मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेका छन् । नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया