काठमाडौं । संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्च आयोग मातहतको महिलाविरुद्ध हुने भेदभाव उन्मूलनसम्बन्धी समिति (सीड) सदस्यमा बन्दना राणा पुनः निर्वाचित भएकी छिन् ।
राणा सोमवार अमेरिकाको न्यूयोर्कमा भएको निर्वाचनमा १३७ मत प्राप्त गर्दै विजयी भएकी हुन । उनको यो दोस्रो कार्यकाल हो ।
विश्वका विभिन्न १९ देशका उम्मेद्वार उठेका थिए । उनले तेस्रो बढी मत ल्याई सन् २०२१ देखि २०२४ सम्मका लागि ११ सदस्यमध्ये निर्वाचित भएकी हुन् ।
आफू पुनः निर्वाचित भएपश्चात विश्वव्यापी महिला विरुद्धको भेदभावलाई अझ बढि दृढ विश्वासका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।
“म विश्वव्यापी महिला बिरूद्ध भेदभावलाई सम्बोधन गर्न अझ दृढ विश्वासका साथ काम गर्ने वाचा गर्दछु।” उनले भनिन् ।
सीड राष्ट्र संघको साधारण सभाद्वारा सन् १९७९ मा स्थापना भएको मानव अधिकारसम्बन्धी उच्च आयोग अन्तर्गतको समिति हो ।
हाल विश्वका १८९ देश सीडको सदस्य रहेका छन् । त्यस्तै नेपाल सन् १९९१ देखि सीडको सदस्य भएको हो।
उनी निर्वाचित भएसँगै परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उपप्रधानमन्त्री इश्वर पोखरेल लगायतले कार्यकालको लागि शुभकामना दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया