बार्सिलोनाका पूर्व स्टार स्यामुएल इटोको कार दुर्घटना !

काठमाडौं । बार्सिलोनाका पूर्व स्टार स्यामुएल इटो कार दुर्घटनामा परेका छन् । क्यामरुनको डुआला र बाफोसम क्षेत्रको सडकमा इटो चढेको कार दुर्घटनामा परेको हो ।

इटो चढेको कार विपरित दिशाबाट आईरहेको बससँग ठोक्किएर दुर्घटना भएको बताईएको छ । दुर्घटनामा परेपनि कारमा सवार सबैजना सकुशल रहेको बीबीसीले जनाएको छ ।

An image of Samuel Eto'o's apparent car after the crash - he is said to be stable in hospital, according to local reports

दुर्घटनापछि अस्पताल पुगेका इटोलाई सामान्य चोट लागेको जनाईएको छ । ३९ वर्षीय इटोले गत वर्ष २२ वर्षे खेल जीवनबाट सन्यास लिएका थिए ।

Eto'o is thought to have suffered a head injury in the crash

पछिल्लो वर्ष कतारी क्लबबाट व्यवसायिक फुटबल खेलेका इटोले ७१८ क्लब खेलमा ३५९ गोल गरेका छन् । इटोले सन् २०१४ पछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?