एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा कोरोना संक्रमण मुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

एन्फा अध्यक्ष शेर्पाले मंगलवार आफु कोरोना भाईरसबाट मुक्त भएको बताएका छन् । शेर्पाले सामाजिक सञ्जाल फेसबुकबाट सोमवार गरिएको परिक्षणमा कोरोना नेगेटिभ आएको बताएका छन् ।

‘हिजो भएको स्वाब परिक्षणको नतिजा नेगेटिभ देखाएकोले कोरोना मुक्त भएको छु । कोरोना संक्रमणको दौरानमा मेरो शिघ्र स्वस्थ्य लाभको कामना गर्नु हुने सबै शुभ चिन्तकहरुमा हृदय देखि धन्यवाद दिन चाहान्छु,’ उनले फेसबुकमा लेखेका छन् ।

 

अध्यक्ष शेर्पा १९ दिनपछि कोरोनाबाट मुक्त भएका हुन् । अध्यक्ष शेर्पालाई गत कात्तिक ६ गते कोरोना पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?